जापानमा विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

पोखरा ।  बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या ६० पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

जापानको टेलिभिजन संस्था एनएचकेले प्रसारण गरेको फुटेजमा बाढीबाट प्रभावित क्षेत्रमा बाढीसँगै आएको हिलोले सडकहरु पुरिएका र विद्युत्, सञ्चार, सडकलगायतका सेवामा पनि अबरुद्ध भएको देखाइएको छ ।

प्रभावित क्षेत्रका सयौँ नागरिकहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ भने अरु ३६ लाख मानिसलाई पनि अन्यत्र सार्नु पर्ने सुझाव दिएको छ । तीमध्ये आधालाई खाली गर्न थालिसकिएको अधिकारीहरुले जनाएका छन् ।

जापानमा हरेक बर्ष बाढी, पहिरोमा परेर सयौँको मृत्यु हुने गरेको छ । विशेष गरेर वर्षायामको बेलामा यस्ता घटना धेरै हुने गरेका छन् ।

यसअघि सन् २०१८ मा पनि बाढी पहिरोमा परी दक्षिणी क्षेत्रमा २ सय भन्दा धेरैको मृत्यु भएको थियो । ती मध्ये झण्डै आधाको हिरोसिमामा मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button