जाग्दै गरेको रंगमञ्च कोरोनाले थलियो

पोखरा ।  जाग्दै गरेको नेपालको रंगमञ्चिय आर्कषण विश्वभरी महामारिको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण थलिएको छ । रंगमञ्च प्रतिको आर्कषण बढ्दै गएको समया आएको यो अवस्थाले पुरानै अवस्थामा फर्कन समय लाग्ने हो की भन्ने चिन्ता थपेको छ ।
नेपालमा रंगमञ्चको माहोल बन्दै थियो । रंगमञ्चिए गतिविधि एक ठाउँमा मात्र गरेर हुने कुरा हैन । सामाजिक रुपान्तरणका लागि देशभरै रगंकर्म हुनुपर्छ । जुन माहोल बल्ल सुरु भएको थियो । काठमाण्डौ बाहिर महोत्सव हुन थालेका थिए । जुन ‘स्पिड’ रोकिएको छ । हुनत ‘स्पिड’ मात्र कुँदरे हुँदैन ओझ बोकेर रंगकर्ममा अगाडि बढ्नुपर्छ । जुन समय अहिले मिलेको छ ।

कोरोनाको कहर अगाडि नयाँ पुस्ताको चासो रंगक्षेत्रमा देखिन थालेको थियो । नेपालको समसामयिक रगंकर्मको स्थिति गतिशील र बिस्तारित भएका भएको थियो । पूर्ण सन्तुष्ट हुने अवस्था नभएपनि नेपाली रंगमञ्चमा पछिल्ला केहि बर्षमा एउटा गजबको परिदृश्य बनेको थियो । गैर सरकारी स्तरमा रंग सस्थाहरुले नाटक घर निर्माण गरे । यो प्रक्रिया मार्फत काठमाडौंमा मात्र होईन बिराटनगर, पोखरा, दमक, झापा जस्ता ठाउँमा नाटक घर बने । यहि लर्कोमा धरान, सुर्खेत हुदै सुदुरको जुम्ला सम्म नाटक घरको लागि पहल भइरहेको थियो । अन्य ठाउँमा पनि सोच बन्दै थिए । काम भइरहेका र हुँदै पनि थिए ।

रंगकर्मी राजन खतिवडा कोरोनाको कारण नेपालको रंगकर्ममा असर पारे पनि आत्तिहाल्नु पर्ने अवस्था नभएको बताउँछन् । ‘रंगकर्म पुर्ण रुपमा रोकिएको छ । असर पारेको पक्का हो । रंगकर्मीले सधै कठीनाई तथा अभावमा काम गरेकै हुँदा दुःखको यो समयमा आत्तिनु पर्ने छैन, समस्यासँग जुध्न सके बल्ल रंगकर्मी खारिन्छ’ उनले भने ।

हुनपनि यतिबेलाको समयको सदुपयोग गर्दै रंगकर्मीले एक्लै रहेर अध्ययन चिन्तन मनन गर्न सक्छ । जसले नयाँ बाटो खोज्न सहजता बनाउँछ । रंगकर्मी प्रकृति अनि मानिससँग जोडिरहनुपर्छ । प्रकृति र मानिसलाई बुझ्ने सुनौलौ अवसर अहिले बनेको छ ।  मण्डला नाटकघरका क्रियटिभ डाइरेक्टर समेत रहेका खतिवडा सामान्य थिएटर गुप्र चलाउन गाह्रो हुने बताउँछन् । उनी भन्छन् ‘नाट्य गतिविधि भइरहेको छ । चासो छ । जोश छ । चाहना राख्ने पनि धेरै छन् । तर यहि क्षेत्रमा लागेर बाँच्न गाह्रो छ । आवद्ध हुने सदस्यलाई आम्दानी गरेर बाँच्न सहज छैन । अरुनै केहि न केहि गर्नु पर्नेछ ।’

सुरुमा जोश भएपनि एउटा फेजमा पुगेपछि ठुलो क्राइसिसमा पुगिने उनले बताए । नाट्य क्षेत्रमा राज्यको सहयोग आवश्यक पर्छ । कामको सम्भावना देखिने गुप्रहरुलाई सर्पोट गर्नुपर्छ । किनकी राज्यको भन्दा बढी काम व्यक्तिगत रुपमा गरिरहेका छन् ।
अहिले रंगमञ्चप्रति मानिसको चासो बढेको छ । तर दिर्घकालिन रुपमा चलाउन स्कुलिङ पुगेको छैन । सघाउने सर्कल फाट्टफुट्ट हुन्छन् । तर चलाउने मुख्य सामथ्र्य थिएटरकै हुनुपर्छ । ‘अब मैले मण्डला नाटकघर चलाउन सक्दिन । अर्को नेतृत्व आउनुपर्छ भन्ने लागिसक्यो । अब फेरि नेतृत्वमा आउने रहर छैन । थोरै ज्ञान, थोरै साधना, थोरै कामको लगावले निश्चित समयसम्म मात्र काम गर्न सकिनेरहेछ । यसरीनै यहाँ चलाउनुको अर्थ देखिएको छैन । सौच्दै छौ ।’ उनले भने ।

 

परिवर्तन थिएटर झापाका अध्यक्ष कबिता नेपाल कोरोनाका कारण अहिले धेरै गाह्रो भएको बताउँछिन् । परिवर्तन थिएटर सञ्चालनमा आएको १० वर्ष भयो । तहाँ भइरहेका नाट्या गतिविधिलाई युवा पुस्ताले मनपराइरहेका थिए । झापामा रंगमञ्च प्रति एक किसिमको राम्रो धारणा भने बनेको छ । नाटकलाई हेर्ने दृष्टिकोण फेरिएको छ । के हो कलाकारिता के हो भन्ने बुझ्न थालेका छन् । यो अवस्था ल्याउन सर्घष धेरै ग¥यौ । पहिला पागलको संज्ञा दिन्थे । महिलाले सञ्चालन गरेका हाँै । अहिले भाइहरुको पनि साथ छ । ‘कोरोनाको कहर पहिले विशुद्ध नाटक गरेर जीवन चलाएका थियौ । अहिले त्यस्तो छैन । व्यस्त राख्न खोज्ने रंगकर्मी भएको कारण गाह्रो भएको छ’ उनले भनिन् ।

‘योजना बनाएर अगाडि बढेका उनीहरुले थिएटरमा लाइबेरी सञ्चालन गरेका छन् । एक्टिभ भएर काम गरेका थियौ, अहिले रोकियो । यो समयमा स्थानिय सरकारले सहयोग गर्नु पर्ने हो गरेको छैन । अन्त कतैबाट सोधीखोजी भएको छैन’ उनले थपिन् । अब के गर्ने अन्यौलता छाएको नेपालले बताइन् । उनी भन्छिन् – ‘वर्कसप सञ्चालन गरी युवा पुस्तालई समेट्न खोजेका थियौ । अहिले समस्या भयो, हामी झापाको बोर्डर काकडभित्तामा छौ । दर्शकको राख्रो उपस्थित हुने गरेको थियो । वर्षमा ६, ७ वटा नाटक मञ्चन गथ्र्यौ । लकडाउन अगाडि दशगजा नाटक गरेका थियौ, अब के गर्ने समस्या भयो’ ।

विराट आर्दश साहित्यिक मञ्चका अध्यक्ष कटवाल दिपक विराटनगरमा नाटक हेर्न आउने माहोल बन्दै गरेको समयमा यो अवस्था सिर्जना भएकोले चिन्ता लागेको बताउँछन् । विराटनगरमा नियमित नाटक मञ्चन हुन नसकेपनि विराट आदर्श साहित्य मञ्चले वर्षमा चारवटा नाटक देखाउने गरेको छ । नियमित मञ्चन हुन नसकेकोले पनि दर्शकको आर्कषण बढ्न नसकेको उनीहरुको बुझाई छ । ‘विशेषगरी विराटनगरमा पढ्न भनेर आउँछन्, बल्ल–बल्ल नाटक हेर्ने बानी बनायो । पढाइसक्छन् अनि अन्यत्र लाग्छन् । फेरी नयाँ आउँछन्’ उनले भने ।

विराट आर्दश साहित्यिक मञ्च २०७१ सालमा स्थापना भएको हो । उनीहरुले १ सय २७ वटा स्कुल कलेजबाट साहित्यमा रुचि भएका एक–एक जनालाई सदस्य बनाउँछन् । साहित्यक कार्यक्रम गर्छन् । नाटक मात्र नभएर अन्य साहित्यिक कार्यक्रम हुन्थे । उनीहरुले आरोहण गुरुकुलसँग समन्वय गरेर नाटक मञ्चन गर्ने गरेको बताउँछन् । ‘आरोहण गुरुकुलमा २ सय ३० जना दर्शक अट्नुहुन्छ । १ सय जना दर्शक राखेर नाटक गर्ने की भन्ने सोच पनि छ । यसो गर्न सके नाटकको क्रेज जोगिन्थ्यो’ उनले भने ।

मोरङकै झोराहट नाटकघरमा वर्षमा ३, ४ वटा मञ्चन हुन्छन् । तहाँ आफ्नै टिम छ । उनीहरुले आफै नाटक उत्पादन गर्छन ।
नयाँ पुस्ताको आर्कषण नाटकप्रति बढ्दै गएको दिपक बताउँछन् । उनी भन्छन्– ‘काठमाण्डौ, पोखरा जस्तै टिकट काटेरनै हेर्न आउनुपर्छ भन्ने मनसाय कम छ, तर विद्यालयमा बाहिरी नलेज विद्यार्थीहरुलाई दिनुपर्छ, विद्यार्थीलाई नाटक देखाउनुपर्छ भन्ने मानसिकता छ, त्यसले केहि सहज भएको छ ।’

यसैगरी पोखरामा पोखरा थिएटर सञ्चालनमा आएपछि रंगमञ्च प्रतिको माहोल बढ्दै गएको थियो । नियमित रुपमा नाटक मञ्चन मात्र नभएर अभिनय सिक्ने, सिकाउने क्रम सुरु हुँदा माहोल बढ्दै थियो । बितेका दुई बर्षमा मात्र पोखरा थिएटरमा ४८ वटा नाटक मञ्चन भए । रंगमञ्च प्रति आर्कषित गराउन प्रदेशका सबै जिल्लामा पुग्ने योजना बनाएको पोखरा थिएटरले यो योजनामा कोरोना महामारीले प्रभाव पारेको अध्यक्ष परिवर्तनले बताए ।

हुनत कोरोनाले आफुले गरेको कामलाई हेर्ने मुल्याकन गर्ने प्रशस्त समय दिएको उनी बताउँछन् । ‘सोच्ने समय प्रदान गरेको छ । दुई वर्षमा केहि लय बन्दैथियो । लयमा कोरोनाले प्रलय ल्यायो । नाटक घर सञ्चालनमा ३, ४ महिना त्यतिका रहदा त्यसको भार परेको छ । पोखरामा रंगकर्मी जन्मेका थिए । पलायन गर्ने हो की । भत्किन्छकी भन्ने डर बढेको छ । दूई वर्ष अगाडिको अवस्थामा पुग्ने हो की भन्ने डर थपिएको छ’ उनले भने ।

यो फुर्सदको समय विभिन्न योजना बनाउने र आफुले पनि अध्ययन गर्न खोजेको उनले बताए । यो समस्या समस्या सम्रग मानव जीवनमा परेको छ । नेपालका सबै समग्र नाटकघर र रंगकर्मीले भोग्नुपरेको योसाझा समस्या पनि हो । कसरी अगाडि बढ्ने भनरे विभिन्न ठाउँमा रंगकर्मीसँग कुराकानी भइरहेको छ । तत्कालै नाटक मञ्चन गर्ने परिस्थिती नभएपनि अरु केहि गर्ने की भन्ने सोच बनाएका छौँ । उनले भने ।

कलाकारले पनि स्थायित्वको खोज्छन् । बाच्ने बाटो हुनुपर्छ । पोखरामा स्कुलहरु उत्साहित थिए । विद्यार्थीलाई पढाएर स्रोत जुटाउने अवस्था बन्न खोजेको थियो । अब तत्काल गर्न सक्ने स्थिती देखिदैन । थिएटरले मात्र सधै नाटक उत्पादन गर्न सम्भव हुदैन । नयाँ टिम बनेका थिए । उनीहरुले पनि नाटक उत्पादन गर्न थालेका थिए । सवृद्ध बन्दै थियो । अब के होला भन्न सकिने अवस्था छैन । किनकी अहिले बाच्ने कुरा महत्वपुर्ण हो । केहि समय हेर्ने त्यसपछि अनलाइन कक्षा सञ्चालन, छलफल गरिरहेका छौ । राज्यले नाट्यकर्म गरिरहेकालाई राम्रोसँग संरक्षकत्व प्रदान गर्ने हो भने सहज हुने अध्यक्ष परिवर्तनले बताए ।

निर्देशन, डिजाईन र अभिनय शिल्पका बारेमा बेला मौकामा कार्यशाला हुनु र देश बाहिर बसेर अध्यन गरेकाहरुले पनि आफ्नो काम लाई देखाउनु जस्ता कुराले नाट्य कर्ममा समर्पित रंगकर्मी लाई एक किसिमको कम्पारेटिभ स्टडिज को लागि स्पेस दिएको रंगकर्मी अनुप बरालको भनाई छ । यसले दिर्घकालीन रुपमा रंगकर्मलाई राम्रो तवरले प्रभाव पार्न सक्ने बुझाई उनको छ ।

अब नाटकको रुप कथ्यभाषा, शैली तथा हाम्रो समाजका अन्तरविरोध र प्रयोगशिलता आदिमा ध्यान दिई प्रस्तुती विधानमा रचनात्मककता ल्याउनु जरुरी छ । अहिले भए जति कामलाई हेरेर र रमाएर मात्र हुँदैन । यसो हुनु भनेको आत्मारतिमा हराउनु हो । नेपाली नाट्य लेखन, मञ्चन अभिनेताहरु मञ्च पाश्र्वमा काम गर्नेहरुले आफ्ना नाट्य चेतलाई रचनात्मकताको दायरालाई बढाउनु जरुरी छ । लोक नाटक मौखिक परम्परा र रुट सँग जोडिएका नाट्य परम्परालाई अझै मन्चको केन्द्रमा बलियो र गहिरो तरिकाले ल्याउन सकिएको छैन । यी र यस्ता कुराहरु हुन् जसले नेपाली रंगमञ्चको असलीपहिचान र सग्लो अनुहार बनाउन मद्दत गर्दछन् ।

नेपालका रगंकर्मीहरुको उपस्थिति अन्तराष्ट्रिय नाट्य उत्सवहरुमा पनि छिटपुट रुपमा देखिनुले रगंकर्मीहरुको ‌गुणवत्ता माथि आशा जगाउँछ । नाटक हेर्नका लागि आउने दर्शकको विविधता मज्जाको छ । स्कुल, कलेज का स्टुडेन्ट नाटक हेर्न आउनु भनेको भोलि नियमित थियटरमा गएर नाटक हेर्ने एउटा बिशेष दर्शक बन्नु हो । यसले गज्जबको साँस्कृतिक वातावरण निर्माण गर्दछ ।

यस दृष्टिकोणबाट हेर्ने हो भने हाम्रो रंगकर्म मा यो प्रकृया सुरुभइ सकेको छ । जुन अत्यन्त सुखद कुरा थियो तर अहिले फेरि अन्योलता भयो ।गत बर्ष मात्रै नेपालमा सात वटा नाट्य समुहको सयुक्त आयोजनामा अन्तराष्ट्रिय नाटक महोत्सव सम्पन्न भयो । यसका बिस्तार पोखरा बिराटनगर र जनकपुर सम्म पुग्यो । देश र विदेशका अनुदित नाटक पनि नियमित मञ्चनमा आए । यी मञ्चित नाटकहरुमा मध्ये केहि नविन, सार्थक कामहरु पनि जोडियो । नाटकहरु भईरहनु र राम्रो नाटकहरुमा दर्शकको उपस्थिति हुनुले रंगकर्मलाइ ऊर्जा शिल हुनु प्रेरित गरेको थियो ।

‘पछिल्लो समयमा महिला निर्देशकहरुको सिर्जनशिल हस्ताक्षेप पनि कम्ता लोभलाग्दो छैन । पशुपति राई, लुनिभा तुलाधर, दिया मास्के, सृजना सुब्बा, आकाक्षा कार्की, पबि थापा, सरिता शाह आदि यहि दुई चारवर्षमा देखिएका निर्देशकहरु हुन । केहि युवा निर्देशकले फर्म र कन्टेन्टको इन्टिग्रेटी माथि काम गर्ने प्रयत्न गरेका छन’ अनुपले भने ।

नाटक घर हुनु वा नाटक मञ्चन मात्र ठुलो कुरा होइन । आफ्नो ठाउँमा आफ्नै तवरले सुन्दर प्रस्तुती दिन सक्नुपर्छ । कोरोनाले बनाएको दुरीलाई पर्फमेन्सको दुरीले अब नजिक ल्याउन सक्नुपर्छ । कन्टेनमा सोच्नु पर्ने हुन्छ । भौतिक कुरा मात्र मह्त्वपुर्ण होइन रंगकञ्चिय चेत महत्वपुर्ण कुरा हो । यो खाली समयमा रंगकर्मीको ध्यान त्यसमा दिनुपर्छ ।

हुनत राज्यले प्रर्याप्त चासो नदिदाँ यो क्षेत्र समस्यामा परेको छ । राज्यले गर्ने सहयोगमा भेदभाव हुने गरेको कतिपय रंगकर्मी बताउँछन् । राजनीति तथा सोधफोर्स बढी हुँदा यो क्षेत्रमा केही गर्ने सोच बुनेका रंगकर्मी चिन्तित बछ् । रंगकर्मीले समाज रुपान्तरणको लागि गरेको कामलाई राज्यले बुझिदिने र सोही अनुसार सहयोग गर्ने हो भने दिगोपना बढ्नेछ । जुन अहिलेको संकटग्रस्त समयको माग पनि हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button