पोखरामा मास्क नलगाई हिड्ने २१ जना प्रहरी नियन्त्रणमा

पोखरा । पोखरामा मास्क नलगाई हिड्ने २१ जनालाई प्रहरीले  नियन्त्रणमा लिइ कारवाही  गरेको छ ।

पोखरा महानगरको विभिन्न क्षेत्रमा मास्क नलगाई हिड्ने र सम्झाउदा बुझाउदा अटेर गर्ने २१ जनालाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

कोभिड १९ संक्रमण जोखिम बढ्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने जस्ता  नेपाल सरकारको निर्देशनलाई अटेर  गर्दै  सम्झाइ बुझाई गर्दा समेत नमान्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिनुपरेको प्रवक्ता हमालले बताए ।

प्रवक्ता  हमालका अनुसार पक्राउ परेका उनीहरुलाई  जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाई जनही रु एक सयका दरले जरिवाना गरी छाडिएको हो ।

मोटरसाइकलमा सवार गर्दा, सार्वजनिक स्थानमा हिड्डुल गर्दा र ग्रुपमा भेला हुँदा मास्कको प्रयोग नगर्ने र अटेर गर्नेलाई आज पक्राउ गरीएको र भोलिबाट मास्क नलगाई हिड्ने सबैलाई कारवाही गरीने उनले बताए ।

कास्की प्रहरीले  न्युनतम सामाजिक दुरी कायम गर्न र अनावश्यक जमघट नगर्न अनुरोध गर्दै अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सम्पुर्ण नागरिकहरुलाई आग्रह गरेको छ ।

नेपाल सरकारको उक्त निर्देशन नमान्ने उपर संक्रामक रोग ऐन,२०२० अनुसार कारवाही गरिने भन्दै  प्रहरीले चेतावनी समेत दिएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button