पोखराका ४ सहित गण्डकी प्रदेशमा २० कोरोना संक्रमित थपिए

पोखरा । पोखरा महानगरका ४ सहित गण्डकी प्रदेशमा २० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार बिहीबार दिउँसो पोखराका ४ सहित गण्डकी प्रदेशमा २० जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कोरोना पुष्टि हुनेमा पोखरा महानगरका ३ पुरुष र १ महिला, गोरखामा १ पुरुष र १ महिला, लमजुङका ५ पुरुष, नवलपरासीका ४ पुरुष, बाग्लुङ र म्याग्दीका २-२ पुरुष तथा तनहुँका १ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

नवलपरासीका संक्रमितलाई आइसोलेसनमा राखिसकिएको तथा अन्यलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ सय ८६ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button