अरबका देशमा कोरोना संक्रमण बढेको बढ्यै

पोखरा । पछिल्ला दिनमा अरब देशमा कोरोना संक्रमितको संख्या लगातार वृद्धि भएको छ ।

कोरोनाको महामारी युरोपेली मुलुकमा भन्दा पछि शुरु भए पनि अहिले कतिपय अरबी राष्ट्रमा संक्रमितको संख्या लाख नाघिसकेको छ ।  खाडी अन्तर्गत साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन र कुवेत रहेका छन् जस मध्ये साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, ओमान र कुवेतमा संक्रमितको संख्या ५० हजार नाघिसकेको छ । पछिल्लो तथ्यांक अनुसारमा साउदी अरबमा सर्वाधिक २ लाख २० हजार १ सय ४४ , कतारमा दोस्रो सर्वाधिक १ लाख १ हजार ५ सय ५३  तथा युएईमा तेस्रो सर्वाधिक ५३  हजार ४६ संक्रमित पुष्टि भइसकेका छन् ।

त्यस्तै कुवेतमा ५२ हजार, ओमानमा ५१ हजार, तथा र बहराइनमा २३ हजार बढीमा कोरोना देखिएको छ । कोरोनाबाट मृत्यु हुने तर्फ पनि साउदी अरब मै सर्वाधिक २ हजार ५९ को मृत्यु भइसकेको छ । त्यस्तै कुवेतमा दोस्रो सर्वाधिक ३ सय ७९, युएईमा ३ सय २७, ओमानमा २ सय ३६, कतारमा १ सय ३८ तथा बहराइनमा १०१ जनाको मृत्यु भइसकेको छ ।

कोरोना महामारी बीच नै युएईको दुबई पर्यटकका लागि खुला गरिएको छ भने साउदी अरबले १ हजार हज यात्रीलाई मक्कामा प्रार्थना गर्न अनुमति दिएको छ । यता २०२२ को विश्वकपको तयारी गर्दै गरेको कतारले आफ्ना ८ मध्ये ३ रंगशालामा पूर्वाधार निर्माणको काम सुचारु गरेको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button