जिल्ला भित्र सार्वजनिक यातायात सुचारु हुने, भाडामा ५० प्रतिशतले वृद्धि

पोखरा । सरकारले जिल्ला भित्र  सार्वजनिक यातायात सुचारु गराउने भएको छ ।

नेपाल सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज प्रेस ब्रिफिङमा सार्वजनिक यातायातका साधन सुचारु गरिने जानकारी दिएका हुन् । सार्वजनिक यातायात भने पनि हाललाई भने ट्याक्सी सेवा मात्रै सुचारु हुने जनाइएको छ ।

सार्वजनिक यातायातका साधन चलाउन सरकारले सुरक्षाका मापदण्ड निर्धारण गरेको छ जस अनुसार ट्याक्सीमा चालकसहित ३ जना चढ्न पाउनेछन् । त्यस्तै सार्वजनिक यातायातका साधनमा आधा सिट मात्र यात्रु चढाउन पाइनेछ भने यात्रुलाई मास्क तथा गाडीको ढोकामा सेनिटाइजन अनिवार्य हुनेछ । चालक तथा सहचालकलाई पनि मास्क र भाइजर अनिवार्य हुनेछ ।

सार्वजनिक यातायातमा आधा यात्रु मात्र चढाउन पाइने भएसँगै गाडी भाडा भने ५० प्रतिशतले वृद्धि हुने पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button