सोलका मेयर हराए, खोजीकार्य जारी

पोखरा । दक्षिण कोरियाको राजधानी सोलका मेयर पार्क वन सुन बिहीबार देखि बेपत्ता भएका छन् ।

उनी आफ्नी छोरीलाई सन्देश छोडेर गायब भए सँगै व्यापक खोजीकार्य शुरु गरिएको जनाइएको छ । उनको छोरीका अनुसर उक्त सन्देश कुनै विल अर्थात आफ्नो अन्तिम इच्छा जस्तो रहेको छ । सो सन्देश पाए पछि उनकी छोरीले बिहीबार मध्यान्ह प्रहरीलाई खबर गरेको र त्यसपछि व्यापक खोजीकार्य शुरु गरिएको जनाइएको छ ।

अन्तिम पटक सोलको सुङ्ग्बुकमा उनको मोबाइल संकेत फेला परेकाले हाल त्यसै आसपास खोजी केन्द्रित गरेको प्रहरीले जानकारी दिएको छ । हाल उनको मोबाइलको स्वीच अफ रहेको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनको खोजीका लागि ३ देखि ४ सय प्रहरी तथा ड्रोनहरु खटाइएको छ ।

हराएका मेयर बिहीबार कुनै विशेष कारण नजनाई कार्यालयमा समेत उपस्थित नभएको बुझिएको छ । उनले राष्ट्रपति कार्यालयको मिटिङ सहित सम्पुर्ण कार्यक्रम रद्द गरेको पनि जनाइएको छ । पार्क लामो समय देखि नागरिक अभियन्ता तथा मानव अधिकारका विषयमा काम गर्दै आएका अधिवक्ता हुन् ।

उनी सन् २०११ मा सोलका मेयर निर्वाचित भएका थिए । सत्तारुढ प्रजातान्त्रिक पार्टीका सदस्य पार्कलाई सन् २०२२ को राष्ट्रपतीय चुनावका पार्टीकी सम्भावित उम्मेदवारको रुपमा समेत हेरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button