पोखरामा आज पनि पक्राउ परे मास्क नलगाउने २० अटेरी

पोखरा । कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै पोखरामा अनिवार्य मास्क लगाउन जारी गरिएको निर्देशन नमान्ने २० जनालाई पक्राउ गरेर जनही १ सय जरिवाना तिराइएको छ ।

मङ्गलबार नेपाल सरकारले अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्न, न्युनतम २ मिटरको सामाजिक दुरी
कायम गर्न तथा पुर्ण रुपमा लकडाउनको पालना गर्न गराउन सबै जिल्ला प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो । यसै अनुरुप जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखराका विभिन्न क्षेत्रबाट २१ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।

हिजो मोटरसाइकलमा सवार हुँदा, सार्वजनिक स्थानमा हिँडडुल गर्दा तथा समुहमा भेला हुँदा मास्क नलगाउनेलाई पक्राउ गरिएकोमा आज देखि मास्क नलगाई हिँड्ने जोसुकैलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।

कास्की प्रहरीले न्युनतम सामाजिक दुरी कायम गर्न र अनावश्यक जमघट नगर्न अनुरोध गर्दै अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सम्पुर्ण नागरिकहरुलाई आग्रह गरेको छ ।

नेपाल सरकारको उक्त निर्देशन नमान्ने उपर संक्रामक रोग ऐन,२०२० अनुसार कारवाही गरिने भन्दै प्रहरीले चेतावनी समेत दिएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Mask na lagai hidne lai 100 fine linu Ko satta mask diye ramro hola hunata thikai ho bichara bachha dekhi nai fine tir dai aayeko Nepali school ma English bolena fine absent vayo fine bank ma emi time MA varena fine tax tirena fine bijuli pani Ko paisa time MA natirne lai fine jasari health post ma condom free ma rakhi raxa ni tesarinai mask na launi lai mask dinu

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button