गण्डकी प्रदेशका ५ जिल्लाका थप १३ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा १३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार शुक्रबार बिहान गण्डकी प्रदेशका ५ जिल्लाका थप १३  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार कोरोना पुष्टि हुनेमा तनहुँका ३ पालिकाका ८ जना पुरुष , गोरखाका १ पुरुष, नवलपुरका २  पुरुष, बाग्लुङ र गोरखाका १ -१  पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६  सय ३३ पुगेको पनि निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button