बागलुङ-बुर्तिवाङ सडक पहिरोले अवरुद्ध

गलकोट। अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।

जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए । पहिरोले करिब २५ मिटर सडक पुरेको छ ।

सडक अवरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन् । निरन्तरको वर्षात्का कारण लोकमार्ग खुलाउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ । यस्तै अविरल वर्षसँगै आएको पहिरोले बागलुङका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button