कजाकस्तानमा फेला पर्यो डरलाग्दो अज्ञात न्युमोनिया, १७ सयको मृत्यु

पोखरा । एसियाली मुलुक कजाकस्तानमा फेला परेको कोरोना भाइरस भन्दा डरलाग्दो अज्ञात न्युमोनिया फैलिन सक्ने चिनियाँ अधिकारीले चेतावनी दिएका छन् ।

उक्त अज्ञात न्युमोनियाका बारेमा कजाकस्तानको स्वास्थ्य विभाग तथा अन्य एजेन्सीले सोध गरिरहेको जनाइए पनि न्युमोनियाको प्रकृति बारे भने केही जनाइएको छैन । अज्ञात न्युमोनियाका केसहरु मध्य जुन देखि उल्लेखनीय रुपमा बढिरहेको जनाइएको छ । हाल दैनिक १ सय सम्म नयाँ बिरामी फेला परिरहेको पनि जनाइएको छ ।

न्युमोनियाबाट हालसम्म १ हजार ७ सय ७२ जनाको मृत्यु भइसकेको छ जसमध्ये ६ सय २८ जनाको मृत्यु जुन महिनामा भएको थियो । त्यहाँको चिनियाँ राजदुतावासले जनाए अनुसार मृत्यु हुनेमा कतिपय चिनियाँ पनि रहेका छन् । त्यस्तै कजाकस्तानको मुख्य अखबार एजेन्सी काजइन्फर्मले पछिल्ला केही दिनमा सो अज्ञात न्युमोनिया पुष्टि भएका ३ सय बिरामीलाई अस्पताल भर्ना गरिएको छ ।

कोरोना महामारीसँगै नयाँ रोग फेला परे पछि त्यहाँ मास्कको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले पटक पटक हात धुने तथा घरमा स्वच्छ हावाको बहाव हुन दिने जस्ता स्वास्थ्य सुझावहरु दिइएको छ । कजाकस्तानमा कोरोनाबाट हालसम्म ५३ हजार बढीमा संक्रमण पुष्टि हुँदा २ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button