बोलिभियाकी अन्तरिम राष्ट्रपति पनि कोरोना संक्रमित

पोखरा ।बोलिभियाकी अन्तरिम राष्ट्रपतिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यहाँकी राष्ट्रपति जेनिन एनेजले शुक्रबार एक ट्वीट मार्फत आफू सहित आफ्ना टिमका सदस्यमा कोरोना पोजिटिभ पुष्टि भएको र आफू अब १४ दिन क्वारेन्टिनमा बस्ने जानकारी दिएकी हुन् । एनेज ल्याटिन अमेरिकामा कोरोना पुष्टि हुने तेस्रो राष्ट्रप्रमुख हुन् । यस अघि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो र होन्डुरसका राष्ट्रपति हुआन ओर्लान्डो हर्नान्डेजमा कोरोना पुष्टि भइसकेको छ ।

पछिल्ला केही दिनमा बोलिभिया सरकारका शीर्ष ४ अधिकारीहरुमा कोरोना पुष्टि भइसकेको छ । बोलिभियामा हालसम्म ४४ हजार १ सय १३ जनामा कोरोना देखिँदा १ हजार ६ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button