गोरखाका गुरुङको जम्मु काश्मिरको गोलाबारीमा मृत्यु

पोखरा । भारतीय सेनामा कार्यारत एक गोरखा सैनिकको शुक्रबार मृत्यु भएको छ ।

नेपालको गोरखा घर भएका सम्बर गुरुङको शुक्रबार बिहान जम्मु काश्मिर सीमा क्षेत्रमा पाकिस्तानी सेनासँगको गोलाबारीमा परेर मृत्यु भएको हो । त्यहाँको रजौरी जिल्लास्थित नोसेरा क्षेत्रमा भएको गोलाबारीमा गम्भीर घाइते भएका गुरुङको आजै बिहान मृत्यु भएको हो ।

उनी विगत १८ वर्ष देखि गोरखा सेनामा कार्यारत थिए । उनको अन्तिम संस्कार भारतमा नै गर्ने तयारी भइरहेको उनको परिवारले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button