स्याङ्जामा नदि किनारमा एक पुरुषको शव फेला

स्याङ्जा । स्याङ्जामा एक पुरुषको शव फेला परेको छ ।

शुक्रबार दिउँसो १२:४५ बजे स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका -४ डुडे स्थित आँधिखोलाको किनारमा ५०/५५ वर्षीय पुरुषको शव फेला परेको हो । उनको मृत्युको कारण नखुलिसकेको जनाइएको छ भने मृतकको पहिचान पनि हालसम्म खुलेको छैन ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button