पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा शनिबार ७० जना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।
नेपालमा संक्रमित मध्ये ८ हजार ४ सय ४२ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा ४ सय ३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।