नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु

पोखरा । नेपालमा  कोरोना भाइरस  संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित प्रेस ब्रिफिङमा काठमाण्डौका  दुई र सिन्धुपाल्चोकका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएका हुन्।

काठमाण्डौ संखमुलका ६० वर्षका पुरुष र गोकर्णका ५४ वर्षका पुरुष तथा  सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको गौतमले बताए।

यो सँगै नेपालमा  कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button