म्याग्दी पहिरोमा मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो

पोखरा । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । पहिरोमा परेका १२ जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा २७ जनालाई मृत अवस्थामा फेला पारेको हो । मृतावस्थामा फेला परेकामध्ये धवलागिरिमा १८  मालिका गाउँपालिकामा ८ जना र म्याग्दी रघुगगा गाउँपालिकाका १ जना रहेका छन् ।

पहिरामा परी धवलागिरि गाउँपालिका–६ मराङ रिखाबाट मृतावस्थामा फेला परेका सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रपाली, सुरक्षा श्रपाली, सुरज श्रपाली र जनिमा केसीको छोरा प्रकाश केसी, तुल बहादुर क्षेत्री,  हिरा मति जुग्जाली,करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली तथा उनका १ वर्षीय छोरा दिवान जुग्जाली रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । ।

उनका अनुसार सोही जिल्लाको मालिका गाउँपालिका–७ विम दुलेबाट मृतावस्थामा भेटिनेहरुमा सोही स्थानका विष्णु पौडेल र उनकी ४ बर्षीया छोरी ईच्छा पौडेल , गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली र उनकी तीनमहिने छोरी निशा नेपाली ,सन्दिप नेपाली तथा विष्णु नेपाली रहेका छन्। म्याग्दी रघुगगा गाउँपालिका-ठाडाखानिका ५० वर्षीय नलिमान छन्त्याल पनि मृत फेला परेको प्रनाउ रेग्मीले जनाए ।

त्यसैगरी पहिरोमा बेपत्ता मध्येका १२ जनालाई जीवितै उद्धार गरिएको छ । घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रनाउ रेग्मीले बताए ।

उनका अनुसार उद्धार गरिएका मध्ये म्याग्दी धवलागिरी -६ का १२ वर्षीय अंकित जुग्जाली, वर्ष ३५ को कुशल पुन, वर्ष १६ की बिर्सना जुग्जाली, वर्ष ३४ को धन बहादुर जुग्जाली, वर्ष ८७ की गौमती सुनार , वर्ष २२ को दिपक श्रीपाली र वर्ष ७२ को हरि बिटालुको बेनी अस्पतालमा र २२ वर्षीया मन्जिता श्रीपाली (गर्भवती महिला ढाडमा समस्या), ७ वर्षीय बालक सफल श्रीपाली तथा मालिका गाउँपालिका–७ का ३६ वर्षीय पूर्णबहादुर नेपाली, ८७ वर्षीया गौमती सुनार र ताकम बस्ने सतदेवी बिटालुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । मालिका – ६ का  बालसिंह रोकालाइ भने उपचारका लागि नेपाल मेडिसिटी हस्पिटल काठमाण्डौ पठाइएको प्रनाउ रेग्मीले बताए ।

प्रनाउ रेग्मीका अनुसार मालिका – ०७ विम की एलिसा केसी ,मालिका – ६ की ४१ वर्षीया गिता रोका, ५१ वर्षीया जनिमा केसी र १६ वर्षीय सविन पुन हालसम्म बेपत्ता रहेका छन ।

प्रहरीले हालसम्म जिल्लाभरबाट ८ सय ९६ जना जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । घवलागिरी गाउँपालिकाबाट ५ सय ९० जना, मालिका गाँउपालिकाबाट १ सय ९६ जना, रघुगंगा गाँउपालिकाबाट ८५ जना र बेनी नगरपालिकाबाट २५ जना गरि जम्मा ८ सय ९६ जनालाई सुरक्षीत स्थानमा स्थानान्तरण गरिएको प्रनाउ रेग्मीले जनाए ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको संयोजन साथै विभिन्न संस्थाहरुको सहयोगमा प्रभावित क्षेत्रका नागरिकहरुलाई पाल, ब्ल्याङकेट, म्याट ,कम्बल, चाउचाउ बिस्कुट लगायतका  विभिन्न राहत सामाग्रीहरु वितरण गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button