भारतको असाममा बाढी : ४२ को मृत्यु, ६ लाख प्रभावित

पोखरा । भारतको असाममा केही दिनयता आएको बाढीले ४२ जनाको मृत्यु भएको छ भने ६ लाख बढी प्रभावित भएका छन् ।

जारी मनसुनले भारी वर्षा गराउँदा असाम राज्यमा बग्ने ब्रम्हपुत्र लगायतका नदीमा पानी खतराको तहभन्दा माथि बगेको छ । भारतीय सञ्चार माध्यमहरुको अनुसार शनिबार मात्रै त्यहाँ २ जनाको मृत्यु भएको छ । बाढी प्रभावित क्षेत्रमा त्यहाँको राष्ट्रिय आपद् मोचन बल तथा राज्य आपद् मोचन कोषका टोलीहरुले उद्धार कार्य गरिरहेको जनाइएको छ । शनिबार बाढीग्रस्त क्षेत्रबाट २ सय ७० जनाको उद्धार गरिएको पनि जनाइएको छ ।

भारी वर्षाका कारण १ हजार १ सय ९ गाउँ जलमग्न भएका छन् भने ४६ हजार हेक्टर बढी कृषिबालीमा बाढी पसेको छ । राज्यका ११ जिल्लामा बनाइएका ९२ राहत क्याम्पमा साढे ८ हजार मानिस राखिएको जनाइएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button