बच्चन परिवारका ४ जनामा देखियो कोरोना संक्रमण

पोखरा । बलिउडका अभिनेता अमिताभ बच्चनसहित परिवारका ४ जनामा कोरोना पुष्टि भएको छ ।

अमिताभ बच्चनले हिजो आफुमा कोरोना संक्रमण पुष्टि भएको ट्वीटरबाट जानकारी दिएका थिए । मध्यम लक्षण देखिए पछि उनी अस्पताल भर्ना भएका छन् । उनीसँगै छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्य राय र नातिनी आराध्या बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । ऐश्वर्य राय र आराध्यामा पहिलो परीक्षणमा कोरोना नदेखिए पनि दोस्रो परीक्षणमा भने दुवैमा संक्रमण देखिएको हो ।

अमिताभ बच्चन पत्नी जया बच्चनमा भने कोरोना देखिएको छैन । उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । कोरोना संक्रमण देखिएका बाकिँलाई भने नानावती अस्पतालमा भर्ना गरिने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button