फेवाताल सफाइ अभियानमा सक्रिय समूहलाई सहयोग

पोखरा । पोखराको फेवाताल सफाइ अभियानमा निरन्तर सक्रिय खहरे आमा समूहलाई प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले रू ५० हजार सहयोग गरेको छ । फेवातालमा प्रदूषण बढ्दै वातावरणमा असर पर्ने थालेपछि सफाइ अभियान शुरु गरिएको समूहका अध्यक्ष मैया थापाले जानकारी दिइन ।

“हामी पाँच वर्षदेखि निरन्तर यस अभियानमा सक्रिय छौं, आजसम्म १ सय ५१ हप्ता पुगिसकेको छ । घामपानी, बादल नभनी कोरोना त्रासको समयमा समेत सामाजिक दूरी कायम गरेर सफाइ अभियानमा क्रियाशील भयौंँ, हाम्रो सक्रियतालाई देखेर प्रवासी पोखरेली अष्ट्रेलिया ग्रुपले ५० हजार रकम पठाएको छ । यसले थप ऊर्जा मिलेको छ”, थापाले भनिन ।

विसं २०७० सालमा स्थापित समूहमा पछिल्लो समय ८० सदस्य छन् । उक्त सफाइ अभियानबाट सङ्कलित फोहोरलाई पोखरा महानगरपालिकाको समन्वयमा ग्रिन पार्कका अध्यक्ष सुजन गुरुङले व्यवस्थापन गर्दै आएका छन  । प्रवासी समूह अष्ट्रेलियाका संयोजक शंकर कोइरालामार्फत सङ्कलित उक्त रकम नेपालका संयोजक धर्मराज पहारी र समूहका सदस्य तेजनारायण पराजुलीले समूहका अध्यक्ष थापालाई हस्तान्तरण गरेका थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button