पोखरामा गाँजा कारोबारीसहित ९ पक्राउ

पोखरा। पोखरामा गाँजा कारोबारीसहित ९ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका-१३ कुडँहरबाट २-०३-००३ प ६७२५ नम्बरको मोटरसाइकल चढेका २२ वर्षीय निशान थापा र दीपेन्द्र पुनलाई कालो झोलामा राखेको ६ सय ४८ ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । दुवै जना पोखरा महानगर-१४ चाउथे बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुई जनालाई सोधपुछ गर्ने क्रममा सोहि स्थानमा रहेको लक्ष्मी गुरुङको एलएक्स खाजा घरमा गाँजाको कारोबार भएको सुचना अनुसार खाजाघरमा सोधपुछ तथा खानतलासी गर्दा थप ४ सय ४६ ग्राम लागुऔषध गाँजा फेला परेको थियो । खाजाघरबाट पोखरा-१२ का ३० वर्षीय कुशल गुरुङ, पोखरा-१३ का २० वर्षीय ईश्वर विक र दीपक तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

गाँजा लुकाउन सहयोग गर्ने खाजाघरकी सञ्चालिका लक्ष्मी गुरुङ, सोहि स्थान बस्ने विक्रम प्रसाद पौडेल, कृष्ण गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको जनाइएको छ । त्यस्तै पक्राउ परेका कै सुराकीको आधारमा कालो सुटकेशमा राखेको १ किलो १९५ ग्राम लागूऔषध गाँजासहित पोखरा-८ रत्नचोक बस्ने मदन नेपालीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ९ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button