नेपालमा कोरोनाबाट ३६ वर्षीय पुरुषको मृत्यु

पोखरा । रौतहटका एक पुरुषको बुधबार कोरोनाभाइरसबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट म्रर्नेको संख्या ३९ पुगेको छ । रौटहट परूवा नगरपालि का-७ बस्ने ३६ वर्षीय पुरूषको वीरगन्जस्थित नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताएका हुन् । मृतक भारतबाट फर्किएर रौटहटको परूवा नगरपालिकाको क्वारेन्टिनमा बसेको जनाइएको छ ।

असार २९ गते अस्पतालको आइसियूमा भर्ना भएका उनको स्वाब परीक्षणको नतिजा आज आएको हो । पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button