यस्तो छ युएईबाट हुने उद्धार उडानको भाडादर, बढी भाडा नलिन दूतावासको चेतावनी

पोखरा। युएईबाट नेपालका लागि हुने चार्टर्ड उद्धार उडानको भाडादर त्यहाँ स्थित नेपाली राजदुतावासले सार्वजनिक गरेको छ ।

उल्लेखित भाडादर भन्दा बढी भाडा असुल भएको गुनासो आएसँगै दुतावासले उद्धार उडान गर्ने विभिन्न एयरलाइन्सको भाडादर सार्वजनिक गरेको छ ।

उल्लेखित भाडादर अनुसार नेपाल एयरलाइन्सको दुबईबाट काठमाडौंको भाडा ३ सय ६० अमेरिकी डलर तथा हिमालय एयरलाइन्सको अबुधाबीबाट काठमाडौंको भाडा ३ सय ८५ अमेरिकी डलर रहेको छ । त्यस्तै अन्य एयरलाइन्सको भाडादर पनि एयरलाइन्स तोके बमोजिम भन्दा बढी नतिर्न पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासले टिकट लिँदा पनि आधिकारिक बिक्रेताबाट मात्रै लिन सुचना जारी गरेको छ । अनाधिकृत ढङ्गले तोकिए भन्दा बढी रकम तिरी टिकट किनबेच गर्नेलाई कानुन बमोजिम कारबाही गरिने पनि दूतावासले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button