अब इन्स्टाग्रामबाटै सगरमाथा आरोहण !

पोखरा । नेसनल जोग्राफीको अगमेन्टेड रियालिटी प्रविधिका मद्दतले अब इन्स्टाग्रामबाटै सगरमाथा आरोहण गर्न सकिने भएको छ ।

यस प्रविधिका मद्दतले जोकोही पनि सगरमाथा आरोहीको जस्तै लुगा लगाएर सगरमाथा चढ्न सक्नेछन् । सगरमाथा आरोहणमा नेसनल जोग्राफी र रोलेक्स पर्पेटुएल प्लानेट एक्स्पेडिसनको टोली सँगै हुनेछ । रोलेक्स पर्पेटुएल प्लानेट एक्स्पेडिसनको टोलीले अघिल्लो वर्ष सगरमाथामा आरोहणका क्रममा त्यहाँ वेदर स्टेसन स्थापना गरेको थियो ।

सगरमाथा आरोहीले यस भर्चुअल आरोहणमा आफ्नै सास महसुस गर्न सक्नेछन् भने चुचुरोबाट सेल्फी पनि लिन सक्नेछन् । इन्स्टाग्रामको स्पार्क अगमेन्टेड रियालिटी प्लाटफर्म प्रयोग गरेर यसको निर्माण गरिएको जनाइएको छ ।

यस इन्टर्याक्टिभ शुरु गरेसँगै आरोही १५ हजार ८ सय मिटर उचाईमा रहेको बेस क्याम्पमा उत्रनेछन् । त्यहाँबाट गेम खेले जस्तै हिँड डुल गर्दै आरोहण गर्न सकिनेछ । आरोहण गर्दै उचाईमा वृद्धि हुँदै गर्दा हावा पातलो हुँदै गरेको, हिउँ तथा हावाको वेग पनि बढेको महसुस गर्न सकिनेछ । शिखरको चुचुरोमा पुगेपछि चाहिँ आफ्नो मोबाइलको फ्रन्ट क्यामेराबाट सेल्फी लिन सकिनेछ ।

इन्टाग्रामबाट सगरमाथाको आरोहण गर्न इन्स्टाको क्यामेरामा गएर त्यहाँको ग्लोबमा एभरेस्ट क्लाइम्ब खोजी गरेर इन्टर्याक्टिभमा प्रवेश गर्न सकिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button