पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी/एमएस कार्यक्रम शुरु

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहमा एमडी/एमएस कार्यक्रम शुरु भएको छ । अध्यापन पनि शुरु गरिएको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कोरोना कहरले हाल देशका शैक्षिक संघ संस्थाहरु बन्द भएको अवस्थामा अनलाइन मार्फत कोर्षको अध्यापन शुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए । उनका अनुसार प्राज्ञिक क्रियाकलाप संचालन गर्ने उद्धेश्यले पहिलो चरणमा स्नातकोत्तर तहबाट शुरु गरी एमवीवीएस, नर्सिङ, जनस्वास्थ्य, एलाइट हेल्थ साइन्सेज एवं डिएम/एमसीएच जस्ता विशेषज्ञ कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको छ ।

मेडिकल, सर्जिकल, अर्थोपेडिक, गाइनेकोलोजि, पेडियाट्रीक र एनेस्थेसीयाका चिकित्सकलाई मेडिकल काउन्सिलले तोकेको योग्यता, अनुभव र शोध कार्यको आधारमा प्रोफेसर, एसोसियट प्रोफेसर, असिस्टेष्ट प्रोफेसर र लेक्चररको जिम्मेवारी समेत प्रदान गरि सकिएको उनले जनाए । प्रतिष्ठानमा प्राज्ञिक जनशक्तिमा प्राध्यापक १०, सह-प्राध्यापक १३, सह-प्रध्यापक ८, लेक्चरर ४६ जना गरी जम्मा ७७ जना रहेको उपकुलपति डा. थापाले जनाए । स्किल ल्याबको निर्माण भएको उनले बताए ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको अनुदानमा प्रतिष्ठानमा १० करोड ५० लाखको लागतमा एमआरआई मेसिन खरिद गरिएको उपकुलपति डा.थापाले जनाए । कोर्षमा १७ जना विद्यार्थीहरु छनौट भएका छन् । नेपाल सरकारको तर्फबाट ५ र खुल्ला तर्फ १२ जना छनौट भएको उनले जनाए । नेपाल सरकारको तर्फबाट ९ सिट भए पनि अन्तिम समयमा ४ जनाले आफुले चाहे अनुसारको अध्ययन नभएको भन्दै अध्ययन गर्न नआउने भएपछि खुल्ला तर्फ ४ जना थप गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै सांसद खगराज अधिकारीले  निजी अस्पतालमा स्किल ल्याव अभाव भएकाले आगामी ३ वर्षमा एमबीबीएस अध्ययन गर्ने गराउने वातावरण सृजना हुने गरी कोर्षलाई प्रभावकारी ढंगले बढाउन आग्रह गरे । १७ जनाले एमडी/एमएस पुरा गरेसंगै गण्डकी प्रदेशको ११ वटै जिल्लामा पुगेर सेवा गर्नुपर्ने उनको जोड थियो । पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका सांसद अधिकारीले स्वास्थ्यकर्मीमा लगाव भएको प्रसंसा गर्दै आत्मविश्वासका साथ काम गर्न सुझाव दिए ।  उनले कर्मचारीले कछुवा गतिमा काम गर्दा विकास निर्माण पनि सुस्तो गतिमा हुने टिप्पणी गरे । मालपोत र नापी कार्यालय अझै पनि भ्रष्टचारको अखडा भएको उनले दाबी गरे ।

प्रतिष्ठानका सिनेटर एवं नेपाल नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले स्वास्थ्य क्षेत्रमा विनियोजीत रकम पारदर्शी ढंगले समयमै काम हुने गरी पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले अझै पनि गाउँ-गाउँमा एउटै चिकित्सकले आँखादेखि सुत्केरीसम्मको सेवा हेर्नु परेको गुनासो गरे ।  सिटि स्क्यान  मेसिन खरिद गर्न प्रतिष्ठानले तयारी गरेको उनले जनाए । २०७२ मा सालमा निर्माण प्रक्रियामा रहेको अस्पतालको प्रसुती तथा बालरोग भवन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको प्रतिष्ठानका निर्देशक अर्जुन आर्चायले जनाए । उनका अनुसार भवन निर्माणमा पुन:निर्माण प्राधिकरणको ३५ करोडको लागतमा निर्माण भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button