नवलपरासीका १८ सहित गण्डकी प्रदेशमा २५ कोरोना संक्रमित थपिए

  • पोखरा न्यूज
  • २०७७ श्रावण २
नवलपरासीका १८ सहित गण्डकी प्रदेशमा २५ कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा २५ जना  कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार शुक्रबार बिहान गण्डकी प्रदेशका नवलपरासी र तनहुँ गरी २  जिल्लाका थप २५  जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार कोरोना पुष्टि हुनेमा नवलपरासीका १३ पुरुष र ५ महिला तथा तनहुँका ७ पुरुष  रहेको निर्देशनालयले जानकारी दिएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस