स्याङ्जामा पानीको ड्रममा पुरुष मृत फेला

पोखरा । स्याङ्जामा पानीको ड्रममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

शनिबार बिहान करिब ५ बजे स्याङ्जा फेदिखोला गाउँपालिका-१ कटुन्जेस्वाराका ६९ वर्षीय गोविन्दप्रसाद पराजुली पानीको ड्रममा मृत फेला परेका थिए । पराजुली आफ्नै घर र गोठको बीचमा रहेको भैंसीलाई पानी खुवाउन राखिएको २०० लिटरको ड्रम भित्र मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button