“दुख र पीडाको पहाड छ कतारमा तर सरकार साना जहाज पठाउँछ”

तिलु शर्मा । सुतिरहेको अवस्थामै घरसहित परिवारका ८ सदस्य पहिरोमा गुमाएका म्याग्दी धवलागिरि गाउँपालिका ६ मराङ रिखाका खगिन श्रीपालीलाइ नपत्याऊ सबै सत्य हो पत्याऊ सपना झैँ लागी रहेको छ ।  बल्ल बल्ल ज्यान जोगाएकी आफ्नी आमाको अन्तिम बोली पनि सुन्न पाउदिनकी भन्ने पिरले उनलाई बेस्सरी पिरलेको छ । विदेशमा सपनालाई बालुवाको पहाड भत्के झैँ बिर्सेर जान जति गाह्रो छ त्यो भन्दा परिवार र घर गुमाएर विपत्तिमा परेर अर्धचेत अबश्थामा फर्कन पर्दाको पीडा अकल्पनीय हुन्छ ।

कोरोना भाइरसका कारण कतारले सपनाका हॉगाहरु चोईट्याउन नेपालीलाई कुनै कसर छाडेको छैन । ५ महिना देखि जागिर गुमाएका गुल्मीका राजु सुनार, काभ्रेका धुर्बराज माझी, सिन्धुलीका राजेश बिकको पीडा जीवनकै कालो समयका रूपमा नमेटिने गरी गढिसकेको छ । ह्विलचेयरमा बोर्डिङ लिँदै गरेका जनकपुरका मर्तुज मोमी जीवनमा आफ्नै खुट्टाले टेकेर हिँड्न सक्छु भन्ने सपना पनि देख्न छाडिसकेको बताउछन् । “जीवनमा धेरै हिँडेछु होला त्यसैले मलाई सजाय घस्रेर हिड्ने मिलेको छ”, आफ्नो कुर्चीको ह्वील घुमाउँदै मोमीले भने ।

कतारमा मात्रै २५ हजार भन्दा बढी नेपाली पीडित रहेका छन् । उनीहरू जुनसुकै मूल्यमा नेपाल जान चाहन्छन् । दुख र पीडाको पहाड छ कतारमा तर सरकारले साना जहाज पठाउँछ र मजदुरलाई गिज्याउने गर्छ । यसले सरकार प्रति वितृष्णा नै पैदा गर्दछ, एयरपोर्टमा भेटिएका एक यात्रीले बौद्दिक रूपमा सरकारको आलोचना सहित विरोध गरे ।

नेपाल सरकारको निर्णय बमोजिम प्रवासमा कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका केही नेपालीहरूले राजदूतावासको नेपाल फर्कने फारम भरे पश्चात् नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप दोहाबाट काठमाण्डौ फर्केका छन् । हाल उद्धार उडान अन्तर्गत कतारबाट दोस्रो चरणमा नेपाली देश फर्कदै छन् ।

हिमालय एयरलाइन्सले दोस्रो चरणको दोस्रो सहजीकरण उडान मार्फत ५ महिला सहित १५६ जना र नेपाल एयरलाइन्सबाट ३ जना महिला सहित १ सय ४९ र २ वटा लास नेपाल गएको जानकारी राजदूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिए । कतारबाट सोमबार बिहान नेपाल एयरलाईन्सले तथा सॉझ हिमालयन एयरलाईन्सले थप उडान तालिका रहेको छ ।

तर कतारमा रोजगारी गूमाएर, दुख पाएर वा स्वदेशमा आफन्त गुमाएर देश फर्कन चाहने नेपालीको लाम लामै भइसकेको छ । सरकारले आफ्नो दुई तिहाइको क्षमता अनुसार काम गर्न नसक्दा विदेशमा नेपाली भोक भोकै मर्ने अवस्था आउँन थालिसकेको छ । त्यसैले अब आफ्ना नागरिकलाई सरकार छ है भन्ने प्रत्याभुति दिलाउन उद्धार कार्यलाई प्रभावकारी बनाउनुको विकल्प देखिदैन ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. जिबन प्रतीक्षा पौडेल बाग्लुङ says:

    दुख र पीडाको पहाड छ कतारमा सरकार साना जहाज पठाउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button