पोखरा । गण्डकी प्रदेशमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार साँझ नवलपरासीका ३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
कोरोना पुष्टि हुनेमा नवलपरासी देवचुली नगरपालिकाका २४ देखि ४० वर्ष उमेर समुहका २ पुरुष र १ महिला रहेको निर्देशनालयले जानकारी दिएको छ ।
संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १००४ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution