पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिउँसो प्रदेशका ३ जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
कोरोना पुष्टि हुनेमा स्याङ्जाका ७, लमजुङका ६ र बागलुङका ३ पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या भने १०२० रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution