सांगीतिक क्षेत्रमा समेत सक्रिय बन्दै नेत्र गुरुङ (भिडियोसहित)

पोखरा।  पछिल्लो समयमा चलचित्र र म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका नेत्र गुरुङले सांगीतिक क्षेत्रमा समेत सक्रियता बढाउन खोजेका छन् । हुनत उनले २०५८ सालमा ‘निराशाको बादल’ बोलको गीत रेकर्ड गरेर नेपाली सांगीतिक फाँटमा पाइला अगाडि बढाएका थिए । यो गीतबाट धेरै सकारात्मक प्रतिक्रिया पाए पनि ।

फलस्वरुप २०६० मा ‘चोली तिमीलाई’ बोलको गीत रेकर्ड गरिहाले । त्यसबाट पनि संगीत प्रेमीको साथ पाए । अनि जन्मियो २०६६ सालमा ‘माया बस्यो मुटुमा’ नामक एलबमनै । बजारमा निकालेको यो एल्बमबाट नेपाली संगीत बजारमा उनको चर्चा बढेको थियो । उनै गायक गुरुङले यतिबेला नयाँ गीतसार्वजनिक भएको छ । ‘म तिम्रै हुँ माया’ बोलको गीत नेत्र इन्टरटेनमेन्टको अफिसियल युट्युबमार्फत हालै सार्वजनिक भएको हो । यो लकडाउनको समयमानै रेर्कड गरेको उनले जनाए ।

गुरुङकै स्वर, शब्द र संगीतमा तयार गरेको गीतको भिडियोमा निपुर्ण कुँवर र निमृता घिमिरेलाई अभिनय हेर्न पाइन्छ । भिडियो छायाँकनको जिम्मा प्रकाश गुरुङ ‘काश’ले पुरा गरे । गीतमा संगीत सँयोजन बिनोद रसाईलीको र मिक्सिङ सिजन बज्राचार्यको हो । नेत्रले हालसम्म झण्डै ३० गीतमा उनले आवाज दिएका छन् । जसमध्ये माया बस्यो मुटुमा, म क्याम्पस आउँदिन, चोली दिउँला, तिमीलाई देखेर, म तिम्रै हुँ माया आदी चर्चामा रहे ।

उनी पछिल्लो समयमा गायनमा भन्दा निर्देशनमा बढी व्यस्त छन् । नयाँ नेपाली चलचित्र निर्देशन गर्ने तयारीमा समेत रहेका उनका छोटा चलचित्र एकपछि अर्को गर्दै लगातार रिलिज भैरहेका छन् ।  ‘माया यो कस्तो माया’ बाट चलचित्र निर्देशनमा डेब्यू गरेका पोखराका गुरुङले ‘सुनामी’ र ‘नाईके’ चलचित्र निर्देशन गरे ।

त्यसोत नेत्रले विभिन्न म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । २०६६ सालमा पोखरेली गायक विवेक के.सी.को ‘एक्लो थिएँ’ बोलको गीतको म्युूजिक भिडियो निर्देशन गरी निर्देशन क्षेत्रमा उनको यात्रा सुरु भएको थियो । सम्पादन, निर्देशन र छायांकन गरेर एक हजार भन्दा बढी म्युजिक भिडियोमा काम गरेको अनुभव उनीसँग छ ।  पछिल्लो क्रममा चलचित्र तथा म्युजिक भिडियो निर्देशकको रुपमा धेरैले उनलाई चिनेपनि उनको मनोरञ्जन क्षेत्र तर्फको यात्रा भने साँगीतिक क्षेत्रमार्फत भएको हो ।

उनले नयाँ गीतको भिडियो निर्देशन समेत आफैले गरेका छन् । गीतमा नयाँ प्रयोग समेत गरेका छन् । सामान्यतया गीत रेकर्ड गरेर गीत तयार भएपछि भिडियोको छायाकंन गर्ने गरिएपनि यसमा पहिला भिडियो छायाकंन गरेर बल्ल गीत रेर्कड गरिएको हो ।  ‘नयाँ भिडियो पस्कने रहरले नै यो गीत सार्वजनिक गरेको हुँ, हेरौ दर्शकको माया कतिको पाउँछु’ उनले भने । अर्को महिना नयाँ गीतको भिडियो सार्वजनिक गर्ने समेत उनले बताए । अब निरन्तर रुपमा गीत समेत पस्कने योजना उनले बनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button