सरकारले भन्यो लकडाउन हट्यो

काठमाडौं। सरकारले आज मध्यराति देखि लकडाउन हटेको जानकारी दिएको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि जारी लकडाउन आज राति १२ बजेदेखि हटेको जनाएका हुन् ।

खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा भने ,”हामी लकडाउनमा छौँ भन्ने दिन भरे राति १२ बजेबाट परेन” । सरकारले भदौ १ बाट लामो दुरीको सार्वजनिक यातायात, अन्तर्राष्ट्रिय र आन्तरिक उडानसमेत खोल्ने पनि निर्णय गरेको छ ।

सरकार सामाजिक दुरी तथा आफ्ना सुरक्षाका उपाय भने जारी राख्न सबैलाई अनुरोध पनि गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button