सुनको भाउले कायम गर्यो नयाँ रेकर्ड

पोखरा । सुनको भाउमा नयाँ रेकर्ड कायम हुँदै हालसम्म कै सर्वाधिक तोलाको ९४ हजार पुगेको छ ।

नेपाल सुनचाँदी महासंघले जनाए अनुसार बुधबार अघिल्लो दिनको तुलनामा १३ सयले वृद्धि हुँदै सुन तोलाको ९४ हजार पुगेको छ । महासंघका अनुसार बुधबार तेजाबी सुन तोलाको ९३ हजार ५ सय ६० मा कारोबार भएको छ । केही दिनयता ९२ हजारको आसपास घटबढ भइरहेको सुनको मुल्यमा बुधबार एक्कासि वृद्धि आएको हो ।

सुनसँगै चाँदीको मुल्य पनि ठाडो उकालो लाग्दै तोलाकै १ हजार १ सय ३५ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मुल्यमा यो ९५ रुपैयाँले वृद्धि हो । बुधबार देखि कोरोना महामारीको कारण लगाइएको लकडाउन अन्त्य भएको सरकारले घोषणा गरेसँगै सुनचाँदीको भाउमा वृद्धि भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button