हरिदेवीको सन्देशमुलक तीज गीत सार्वजनिक (भिडियोसहित)

पोखरा। मौलीक विषयबस्तुलाई सरल शब्द र लयमा आफ्नो सुमधुर आवाज भरी नेपाली सांगीतिक फाँटमा पृथक परिचय बनाउन सफल लोकगायिका हरिदेवी कोइरालाको नयाँ तीज गीत ‘कस्ता दिन गय वरै’ सार्वजनिक भएको छ । म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोमा सपना र सुस्मिता तिवारीको अभिनय रहेको छ । कोइरालाकै लय शब्द रहेको गीतमा शान्ती गुरुङ, दुर्गा गुरुङ र लक्ष्मी गिरीले कोइरालालाई साथ दिएका छन् । वासुदेव पोखरेलको छायाकंन तथा निर्देशनमा तयार भएको भिडियोलाई अशोक आलेले सम्पादन गरेका हुन् ।

अनावश्यक विषयवस्तुको उरन्ठेउला शब्द सिर्जनाममा गीत गाउने क्रम बढेको समयमा मौलिक संस्कृतीको संरक्षण गर्दै संग्रहमा कोइरालाले निरन्तर तीज गीत पस्कदै आएकी छन् । उनका गीतमा मौलीकता पाइन्छ । गीतमार्फत समाजमा देखिएका विकृति विसंगतीलाई झटारो मात्र नहानेर नयाँँ पुस्तालाई सन्देश दिन उनले खोजेकी छन् । नयाँ गीतको भिडियो हरिदेवी कोइराला र रामबहादुर कोइरालाको परिकल्पनामा तयार भएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ समेत रहेकी गायिका कोइरालाले २०४० सालमा ‘पाइन खबर’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा डेब्यु गरेकी थिइन् । उनले रेडियोमा गाएको पहिलो गीत भने ‘आँखाभरी आसुको सहारा’ हो ।
‘के सिन्दुर पहिरेछु धर्म छाडाको’ २०४२ एम एससी रेकडिङ स्टुडियो बाट निकालिन् । दुई एल्बम राम्रोसँग चलेपछि बल्ल म्युजिक नेपालले उनलाई आफ्नो स्टुडियोमा बोलाएको थियो । आजसम्म पनि निरन्तर त्यहीबाट एल्बम निकालेको उनले सुनाउँछिन् । उनले २०४२ सालदेखि नै निरन्तर तीजका एल्बम बजारमा निकालिरहेकी छन् ।

उनका विभिन्न असी भन्दा बढी एल्बम निस्कीसकेका छन् । उनले आफ्नै शब्द, लय र आवाजमा चारसय भन्दा बढी गीत तयार पारिसकेकी छन् ।  गीत गाउने शव्द, लय सिर्जन गर्ने मात्र नभएर उनले निबन्ध, कविता, गजल, गीत मुक्तक, हाइकु समेत लेख्ने गर्छीन् । उनका गीत र कवितामा सोधकार्य समेत भैसकेको छ । उनका मेरो देशको छातीभित्र दुखेजस्तो लाग्छ कविता सङ्ग्रह, तीजको गीती संग्रह माइती रमाइलो, तरङ्ग कविता सङ्ग्रह, न घाम झर्यो न जुन झर्यो, आफ्नै गीत आफ्नै भाका लोकगीत सङ्ग्रह, के छ हजुर हालचाल यता ? गीति सङ्ग्रह र अन्य थुर्पै फुटकर गीत गजल मुक्तक प्रकाशन भइसकेका छन् । उनी निरन्तर नेपाली लोक संगीतको संरक्षणमा क्रियाशिल भएर लागिरहेकी छन् । त्यसैले उनलाई धेरैले लोक गीतको खानीको रुपमा समेत चिन्ने गर्दछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button