नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्यो, २ को मृत्यु

पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बुधबार १ सय जना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । त्यस्तै कोरोनाका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका ६० वर्षीय पुरुष र पोखरामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी चिनियाँ महिला रहेको पनि मन्त्रालयले जनाएको छ । यस संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये १२ हजार ६ सय ८४ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा २ सय ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button