पोखराका २ सहित गण्डकी प्रदेशमा ५ कोरोना संक्रमित थपिए

  • पोखरा न्यूज
  • २०७७ श्रावण ८
पोखराका २ सहित गण्डकी प्रदेशमा ५ कोरोना संक्रमित थपिए

|प्रतीकात्मक तस्बिर

पोखरा । पोखराका २ सहित गण्डकी प्रदेशमा बिहीबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार कास्की र पर्वतका २-२ तथा स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना पुष्टि हुनेमा कास्कीको पोखरा महानगरका २५ र २८ वर्षका २ पुरुष, पर्वतको मोदी गाउँपालिकाका २५ वर्षीय पुरुष र ३१ वर्षीया महिला तथा स्याङ्जाको चापाकोट गाउँपालिकाको २८ वर्षीय पुरुष रहेको जानकारी दिएको छ ।

संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५० पुगेको छ ।

यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १०९१ पुगेको पनि निर्देशनालयले जानकारी दिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस