तारापती सुवेदी र जीवन दाहालले ल्याए तीज गीत (भिडियोसहित)

पोखरा। नेपाली नारीहरुको महान् पर्व तीज लाई केन्द्रित गरी तीज गीत बजारमा आउने क्रम यतिबेला बढ्दैछ । यसैक्रममा लोक दोहोरी गायक तारापती सुवेदी र जिवन दाहालले तीजको अवसरमा नयाँ तीज गीत ‘जाऊ न बाबु बहिनी लिन’ सार्वजनिक गरेका छन् ।

गीतमा गायक सुवेदी र दाहालको अलावा लोकदोहोरी गायिका पार्वती जिसीको आवाज समेत सुन्न पाइन्छ । तारापती जिवन म्युजिक क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा तीजमा दाजु बहिनी लिन गएको प्रसंगलाई समावेश गरिएको छ । समय सान्दर्भिक यो तीज गीतलाई दिवशथापा मगरले एरेन्ज गरेका हुन् ।

गीतको शब्द केशरी अधिकारी सुवेदीले संकलन गरेकी हुन् भने संगीत तारापती सुवेदीले भरेका छन् । गीतको भिडियो पनि राम्रो बनेको छ । दिपक अधिकारीको निर्देशन रहेको भिडियोलाई श्रीमान लामाले खिचेका हुन् । अर्जुन खडकाको सम्पादनमा तयार भएको भिडियोमा दिपक अधिकारी, बीबी आले, निर्मला श्रेष्ठ, चन्द बिसरी, सिद्ध बहादुर श्रेष्ठको अभिनय हेर्न पाइन्छ । उनीहरुको अभिनयले भिडियोलाई आर्कषक बनाएको छ । मालाश्री डिजिडल स्टुडियो काठमाण्डौमा मिक्सिङ गरेको गीतले दर्शक र श्रोताको मन जित्नेमा उनीहरु आशावादी छन् ।

लोक दोहोरीको क्षेत्रमा विगतदेखीने संयुक्त रुपमा अगाडी बढीरहेका सुवेदी र दाहालको भेट २०५४ सालमा रेडियो नेपालमा भएको हो । उनीहरु सांगीतिक क्षेत्रमा बढी मात्रामा सहकार्य गर्दै अगाडि बढ्ने गरेका छन् । सुवेदी र दाहालका ‘भन्न भा छैन’, ‘फुल गेटैमा’, ‘रोयकी चेली’ र ‘चाहिदैन र धन’ ‘सानु तिम्रो विहे पछि हो’ ‘म जन्मेको गाउँ, म हुर्केको ठाउँ’ ‘माइती घर’, ‘भिनाजुको भाई लगायतका थुप्रै गीत बजारमा आइससकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button