दराज र इसेवाको अफर, १ रुपैयाँमै आइफोन एसई जित्ने अवसर

पोखरा । दराज र इसेवाले नयाँ अफर स्वरुप एक रुपैयाँँ मै ग्राहकलाई आइफोन एसई जित्ने अवसर ल्याएको छ ।

नेपालको अनलाइन मार्केट दराज र अनलाइन भुक्तानी सेवा प्रदायक इसेवाले केवल १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर लिएर आएका छन् । प्रतियोगितामा भाग लिनको लागि ग्राहकहरूले दराजमा सामान खरिद गर्दा IPHONERUPEE1 प्रोमोकोड प्रयोग गरेर इसेवाबाट भुक्तानी गरि अर्डर गर्नु पर्नेछ । यसरी भुक्तानी गर्दा इसेवामार्फत १ रुपैयाँ प्री पे हुनेछ र ग्राहक प्रतियोगितामा सहभागी हुनेछन् ।

अफर साउन ७ देखि १२ सम्म उपलब्ध हुनेछ आयोजकले जनाएका छन् । विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिने पनि जनाइएको छ । विजेता घोषणा भए पश्चात सबै सहभागीहरूले आफ्नो इसेवा खातामा सामान खरिद गर्दा प्री पे गरिएको १ रुपैयाँ फिर्ता पाउनेछन् । यसका साथै ग्राहकहरुले साउन १२ देखि १९ सम्म चल्ने दराज महाबचत बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा २०% (१००० रुपैयाँ सम्म) को छूट पाउनेछन् ।

प्रतियोगितामा सहभागीले सोनी एक्सन क्यामेरा, होमग्लोरी भ्याकुम क्लिनर, सिजि एयर कुलर लगायत अन्य पुरस्कार पनि जित्न सक्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button