पोखरामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमती घाइते

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान श्रीमती नै घाइते भएका छन् ।

*बिहीबार राति करिब साढे ८ बजे पोखरा महानगर- ८ जाल्पारोडमा सृजनाचोकबाट पृथ्वीचोक जाँदै गरेको लु २५ प ५१८१ नं. को मोटरसाइकल दुर्घटना हुँदा पोखरा महानगर-९ बस्ने ५० वर्षीय देवानन्द भट्टराई र ४७ वर्षीया कल्पना भट्टराई घाइते भएका हुन् ।

मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button