पोखरामा लागुऔषधसहित २ पक्राउ

पोखरा। पोखरामा लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

बिहीबार राति साँझ ७ बजे पोखरा महानगर-१२ चापापानी मार्ग बस्ने २८ वर्षीय रोहित कुमार पाण्डेलाई ९ सय ७५ थान नाइट्रोभेटसहित प्रहरीले पक्राउ गरेको हो । मेडिकल क्षेत्र मै काम गर्दै आएका पाण्डे महोत्तरी जिल्लाको स्थायी निवासी भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै बुधबार चितवन प्रहरीसँगको समन्वयमा ब्राउनसुगर मुद्धामा फरार ३० वर्षीय रोहित श्रेष्ठ पनि पक्राउ परेको जनाइएको छ । यस अघि पोखरा-८ फेवासिटी हस्पिटल नजिकैबाट ब्राउनसुगर सहित आकाश शाह पक्राउ परेका थिए । श्रेष्ठ सोही मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले उल्लेख गरेको छ ।

उनीहरुलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरि थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरी जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button