गण्डकी प्रदेश खेलकुद प्रस्तावित विधेयकमा छलफल सम्पन्न

पोखरा । सामाजिक विकास मन्त्रालयले आज पोखरामा प्रस्तावित गण्डकी प्रदेश खेलकुद विकास विधेयकका विषयमा सुझाव संकलनका लागि छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

जारि प्रदेश सभाको अधिवेशनमा खेलकुद विकास विधेयक पारित गर्दै प्रदेशको खेलकुदलाई व्यवस्थित गर्ने योजना बुनेको मन्त्रालयले छलफल कार्यक्रम गरि सुझाव संकलन गरेको हो ।

सो अवसरमा बोल्दै आन्तरिक मामिला, न्याय तथा कानुन मन्त्रालयका मन्त्री हरि बहादुर चुमानले प्रदेशको खेलकुद विधेयक निर्माण प्रक्रियाका लागि मस्यौदा समितीमा आइसकेको बताएका छन । उनले निर्माण हुँदै गरेको विधेयक थप स्पष्टताका साथ आओस भन्ने हेतुले मस्यौदा समितीले छलफल कार्यक्रम आयोजना गरिएको बताए ।

४८ वटा दफा समाहित भएको प्रस्तावित खेलकुद विधेयकमा संघिय खेलकुद ऐन अनुसार नै सदस्य सचिबको परिकल्पना गरेको छ । खेलकुदको माध्यमबाट मुलुकको राष्ट्रिय एकता प्रवर्द्धन गर्दै स्वस्थ, सक्षम र अनुशासित खेलाडी तथा सिर्जनशील नागरिक तयार गर्न खेलाडीको व्यावसायिक सुरक्षा गर्दै प्रदेशस्तरमा खेलकुदको संरक्षण, संवर्द्धन र विकास गर्न खेलकुदको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्ने विधेयकको प्रस्तावनामा उल्लेख गरिएको छ ।

करिव–करिव संघिय खेलकुद ऐनकै ढाँचामा ल्याउन लागिएको प्रस्तावित विधेयकमा सदस्य सचिब सहित कार्यकारी अधिकारको समिती, प्रदेश वोर्ड लगाएतका विषय समाहित छन । सदस्य सचिब बन्नका लागि ३० वर्ष उमेर पुगेको र स्नातक तह उर्तिण भएको हुनुपर्नेछ भने मन्त्रलायले सदस्य सचिब छनोटका लागि एक महिला सहित तिन सदस्यिय विज्ञ छनोट समिती गठन गर्ने प्रस्तावित विधेयकमा रहेको छ ।

छलफल कार्यक्रममा मस्यौदा समितीका सदस्यहरु गण्डकी प्रदेश भौतिक तथा पुर्वाधार मन्त्रालयका मन्त्री रामेशरण वस्नेत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन मगर, विधायन समितीका सभापती मोहन रेग्मी, आर्थिक तथा योजना विकास समितीका सभापती दिपक कोइराला, राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्यहरु, क्षेत्रिय र जिल्ला खेलकुदका पुर्व पदाधिकारीहरु, विभिन्न खेलकुद संघ–संस्थका अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो ।

मस्यौदा समितीले छलफलमा उठेका विषयहरुका बारेमा यथासिघ्र बैठक वसि विधेयकलाई पुर्णता दिने जनाएको छ । प्रस्तावित खेलकुद विकास विधेयक प्रदेश सभाको यहि अधिवेशनमा ल्याउने तयारी भइरहेको सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले बताएकी छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button