पोखरा रंगशालाको पश्चिमतर्फ फेरि भासियो

पोखरा । पोखरा रंगशाला पश्चिम तर्फको भाग फेरि भासिंदै गएको छ । वर्षायाम संगै सेती नदीको बहावले पोखरा रंगशालाको पश्चिमतर्फ ठुला–ठुला भुङ्गानहरु सङै भासिन थालेको हो । भासिएको र भुङ्गान परेको भाग भने कुनै नौलो भने होइन यो भाग पुरानै हो ।

सेती नदीको किनारमा रहेको पोखरा रंगशालामा पश्चिमतर्फको भागमा नदीले कटान गर्दै लगेपछि २०६६ सालमा तारवार गरि शुरक्षित गरिएकोमा गतवर्ष मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा सुन्दरता बढाउने भन्दै शुरक्षाका लागि राखिएको तारवार समेत उखेलेर भासिएको भागलाई पुरिएको थियो ।

सेती नदीको किनारमा भासिएको भागले धेरैको ज्यान जोखिममा परेपछि तारवार निर्माण समितीले करिव २८ लाख खर्च गरेर नदी वारपार तारवार गरेको थियो । जसका लागि नेपाल सरकारले १६ लाख र नागरिक समाजको तर्फ बाट ५ लाख खर्च भएको तत्कालिन तारवार समितीका संयोजक समेत रहेका तेज गुरुङले जानकारी दिए । उक्त रकमबाट वैरागीबन हुँदै महतगौंडा सम्म वारपार ४ हजार ६४ मिटरको क्षेत्रफलमा तरावार गरिएको थियो । जसमा धेरै सर्वसाधारण संगै खेलाडीहरु आउने भएकोले पोखरा रंगशालामा विशेष ध्यान दिइएको थियो ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले सागको बेला पोखरा महानगरको डोजर प्रयोग गरि रंगशाला हनुमान मन्दिर पश्चिमतर्फ माटो, खरानी, ढुङ्गाले पुरेर समथर बनाइए पनि नदीले कटान गरेको पुरानो भागतर्फ विगतकै जस्तै ठुला भुङ्गान पार्दै चिर्न थालेको छ । जसका कारण संयौको संख्यामा प्रशिक्षणका लागि पोखरा रंगशालामा पुग्ने खेलाडीका लागि  जोखिम बढ्ने भएको छ ।

गत कार्तिकमा महानगरको डोजरले एक साता लगाएर पुरेको भएपनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले कुनै खर्च नभएको दावी गरेको छ । क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगीले भने–“क्षेत्रिय खेलकुदको एक रुपैयाँ पनि खर्च भएको छैन, सबै काम महानगरको डोजरको प्रयोग गरेर गरेका हौं ।” पुरिएको भागमा वृद्धा आश्रयस्थल र नागको थान समेत निर्माण गरिएको छ भने हनुमान मन्दिर परिशर पनि व्यवस्थित गरिएको छ । प्रमुख योगीले भासिएको भागमा जोखिम रहेकोले त्यस तर्फ नजान संकेत वोर्डहरु राखिने बताए ।

पुरिएको भागमा नै गल्फ एकेडेमी निर्माणका लागि कास्की जिल्ला गल्फ संघले गल्फ एकेडेमी निर्माण गर्ने भन्दै करिव ७ लाख खर्च गरिसकेको छ । तर प्रदेश सरकारले कुनै रकम उपलव्ध नगराए पछि संघको काम भने अघि बढ्न सकेको भने छैन । जोखिम भनिएको भागमा नै नर्सरीका लागि एक व्यवसायीलाई पोखरा रंगशालाले जग्गा उपलव्ध गराएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button