पोखराका प्रजापति पराजुलीलाई कल्याणकारी कोषको नेतृत्व

पोखरा।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गतको कलाकार कल्याणकारी कोषको नेतृत्वको जिम्मेवारी प्राज्ञ प्रजापति पराजुलीले पाएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पराजुलीको अध्यक्षतामा कार्यसमिति हालै चयन भएको हो । जसको उपाध्यक्षमा प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने र सदस्य सचिवमा हालका अध्यक्ष रमेश बिजी रहेका छन् ।

यसैगरी कोषाध्यक्षको जिम्मेवारी पुरुषोत्तम थापालाई दिइएको छ । कोषको सदस्यहरुमा प्रतिष्ठानको नेतृत्वमा पुगिसकेको तथा अन्य महत्वपुर्ण भुमिका निभाइसकका व्यक्तिहरु रहेका छन् । जसमा अमर विरही गुरुङ, प्राज्ञ दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, नारायण रायमाझी, राजन लम्साल, कृष्णसुधा ढुंगाना, तेज बहादुर के.सी, ईन्द्र जि.सी., हरी न्यौपाने, टिकाराम चपाईं, बद्री पराजुली र पार्वती जि.सी.छन् ।

यसैबिच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समिति अन्र्तगतको कलाकार कल्याणकारी कोषको नवनिर्वाचित अध्यक्ष प्रजापति पराजुली, उपाध्यक्ष पूरुषोत्तम न्यौपाने र सदस्य पार्वती जिसीलाई पोखरामा सम्मान गरियो । उनीहरुको कायृकाल सफल रहोस् भन्ने कामना सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखरा र कास्की जिल्ला समितिले सम्मान गरेका हुन् ।

उनीहरुलाई गण्डकी प्रदेशका प्रदेश सासंद इन्द्रधारा बिष्ट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ र कास्की जिल्ला समितिका अध्यक्ष टोप क्षेत्रीले सम्मान गरेका थिए । कोषका नवनिर्वाचित अध्यक्ष प्राज्ञ पराजुलीले कल्याणकारी कोषलाई व्यवस्थित बनाएर सञ्चालन गरिने बताए । उपाध्यक्ष न्यौपानेले कल्याणकारी कोषमा हाल १ करोड ७ लाख रुपैयाँ रहेकोमा आफुहरुको कार्यकालमा त्यसलाई २ करोड पुर्याइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जीवन दाहाल,प्रतिष्ठानका सल्लाहकार एवम संरक्षक यामबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराका अध्यक्ष सुरेन्द्र गुरुङ, कास्की जिल्ला अध्यक्ष टोप क्षेत्री, गण्डकी प्रदेश समिति सचिव मञ्जु विकले बोलेका थिए । सोही कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका तर्फबाट अध्यक्ष गुरुङले नवनिर्वाचित कलाकार कल्याणकारी कोषका अध्यक्ष राजुलीलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button