तनहुँस्थित मर्स्याङ्दी नदीमा युवकले हाम फाले

तनहुँ । तनहुँस्थित मर्स्याङ्दी नदीमा एक युवाले हाम फालेका छन् ।

आइतबार दिउँसो करिब १:१० बजेको समयमा तनहुँ बन्दिपुर गाउँपालिका-५ याम्पा स्थित मर्स्याङदी नदीमा ३१ वर्षीय कृष्ण भट्ट हाम फालेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोरखा पालुङटार नगरपालिका-८ घर भएका भट्ट हाल डुम्रे बजारमा आयुषा ईलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका थिए ।

उनको खोजीकार्य तथा घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button