
पोखरा । पोखराका १ सहित गण्डकी प्रदेशमा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार साँझ कास्कीको पोखरा महानगरका १ तथा नवलपरासी पुर्व गैंडाकोटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेमा पोखरा महानगरका २४ वर्षीय पुरुष तथा पुर्व गैंडाकोटका २४ वर्षीय पुरुष र ४० वर्षीया महिला रहेका छन् ।
संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७५ पुगेको छ ।
निर्देशनालयका अनुसार आजै ४९ जना कोरोना मुक्त भएर घर फर्के सँगै गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमण निको हुनेको संख्या ११ सय ९४ पुगेको छ ।





