दराजले ल्यायो महाबचत बजार अभियान

पोखरा।  नेपालको प्रमुख अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ ।

यही साउन १२ देखी १९ सम्म लागू हुने ८ दिने सेल अभियानमा बचत भाउचर, बचत अफर, निशुल्क डेलिभरी र अन्य धेरै अवसर सहित ग्राहकहरुले चिताएका हरेक सामानमा भारी बचत गर्न सक्ने दराजले जनाएको छ । साथै ग्राहकहरूले इसेवा एप्लिकेसनमार्फत सपिङ गर्दा थप २०% (रु १००० सम्म) र पार्टनर बैंक (मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुछ्रे बैंक, एनएमबी, एनआईसी एशिया, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक) का डेबिट र क्रेडिट कार्ड मार्फत प्रिपेमेन्ट गर्दा थप १५% (रु २००० सम्म) छुट पाउन सक्ने पनि दराजले उल्लेख गरेको छ ।

दराजका अनुसार यस अभियान मार्फत ग्राहकहरुले अन्य थुप्रै पुरस्कार पनि जित्न सक्नेछन् जसमा महा बम्पर पुरस्कारका रुपमा सुजुकी बर्गम्यान स्ट्रीट १२५ सीसी रहेको छ । त्यस्तै ग्राहकले आईफोन एसई पनि छ जुन इसेवा र दराजद्वारा संचालित वान रुपी गेम मार्फत जित्न सकिन्छ । गेम मार्फत ग्राहकहरुले सोनी एक्शन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर जस्ता पुरस्कार पनि जित्न सक्नेछन् ।

महाबजारमा अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्राण्डहरू जस्तै सुजुकी, क्यालिबर, सीजी, कन्भर्स, फ्यान्टेक, होम ग्लोरी, जुआस, एलजी, लोट्टो, मन्त्र, मिडिया, ओरिफ्लेम, पाल्सनिक, पुलिस, रंगोली, सोपवर्क्स, सोनी, टाइटन, भ्यान्स, भिडियोकन, व्हर्लपूल र अधिक सहभागी बन्दै अतिरिक्त भाउचरका साथ् र ठूलो मूल्य कटौती पनि दिने पनि आयोजक दराजले जनाएको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले महाबजारका बारेमा बताउँदै भने, “सपिङ हालसालैका विश्व घटनाहरू पछि सदाको लागि परिवर्तन भएको छ । यस अभियानको माध्यमबाट हामी फेरि सपिङमा रमाइलोपन ल्याउन चाहन्छौं । हामी केवल सुविधा र सहजता मात्र प्रदान गरिरहेका छैनौं, साथमा लाइभ भिडियोहरू, अनलाइन खेलहरू र सामाजिक मिडिया प्रतियोगिताहरू मार्फत मनोरन्जन पनि प्रदान गर्दै छौँ ।”

हालका तथ्यांकले अभियानमा १ लाख भन्दा बढी ग्राहकहरू भाउचर र अफरहरु हातपार्न एक अर्कासँग प्रतिस्पर्धा गर्ने दराजले प्रक्षेपण गरेको छ । दराजले सपिङका आफ्ना इच्छा पूरा गर्न प्रयोगकर्ताहरूलाई फोनमा दराज नोटिफिकेसन खोल्न, र किन्न चाहेका वस्तुहरू कार्टमा अघि नै हाल्न सल्लाह दिंदै आएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button