तेक्वान्दो संघले एक दर्जन पदाधिकारी र कार्यसमितीलाई गर्‍यो विदाई

पोखरा । नेपाल तेक्वान्दो संघले एक कार्यक्रमका बिच केन्द्रिय कार्य समितिको विभिन्न पदमा रहेका पदाधिकारी तथा सदस्यहरुलाई विदाई गरेको छ ।

खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भए बमोजिम राष्ट्रिय खेलकुद परिषद (राखेप)का कर्मचारीहरु खेल संघका कुनै पनि पदमा नरहने प्रावधान भएपछि उनीहरुलाई विदाई गरिएको संघले जनाएको छ । विदाई गरिएकाहरु राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारी रहेकोले उनीहरुको राजिनामा स्विकृत गरि विदाई गरिएको संघले जनाएको छ ।

संघबाट राजिनामा दिने राखेपका कर्मचारीमा संघका सचिब नविन कुमार श्रेष्ठ, सचिव तथा प्रवक्ता दिपक विष्ट, सह–कोषाध्यक्ष सुमन कुमार घले र सदस्यहरुमा टिका प्रसाद लिम्बु, संगिना वैद्य, नोर्बु लामा तथा हेमन्त डाँगी रहेका छन ।

सो अवसरमा वोल्दै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले सबै पदाधिकारीहरुलाई तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै भविश्यमा पनि यस्तै प्रकारको योगदानका लागी अनुरोध गरे । यसै गरि महासचिब दिपराज गुरुङले उनीहरुले तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागी पुर्याएको भुमिका र योगदानका लागी धन्यवाद व्यक्त गर्दै भविश्यमा पनि यस्तै प्रकारको सहयोगको लागि आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button