राखेपको सदस्य सचिबमा सिलवाल पुनः नियुक्त

पोखरा । नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिबमा रमेश कुमार सिलवाललाई पुनः नियुक्त गरेको छ ।

मन्त्री परिषदको आज सोमवार बसेको बैठकले सिलवाललाई राखेपको २२ औं सदस्य सचिबको रुपमा आगामी चार वर्षका लागि  नियुक्त गरेको हो । निवर्तमान सदस्य सचिब समेत रहेका सिलवाल गत असार १७ गतेबाट ‘खेलकुद विकास विधेयक २०७७’ को कार्यान्वयन संगै बाहिरिनु परेको थियो ।

शिव कोइराला ‘ज्वाला’ उपाध्यक्ष


मन्त्री परिषदको बैठकले शिव कोइराला ज्वालालाई परिषदको उपाध्यक्ष पदमा नियुक्त गरेको छ । स्याङजाका स्थायी घर भएका तेक्वान्दो युनियनका अध्यक्ष समेत रहेका कोइराला नेकपा निकट खेलकुद महासंघको सह संयोजक समेत हुन ।

राखेपको इतिहासमा दोश्रो पटक सदस्य सचिबको नियुक्ती पाउनेमा सिलवाल तेश्रो व्यक्ति भएका छन । यस अघि जिवनराम श्रेष्ठ र रुक्मशम्सेर राणाले दुई पटक राखेपमा सदस्य सचिबको नियुक्ती पाएका थिए । श्रेष्ठ २०५३–२०५४ र २०६३–२०६६ सम्म र राणा २०५०–२०५१ र २०५४–२०५५ मा सदस्य सचिब भएका थिए ।

यस अघि करिव ३६० दिन नेतृत्व सम्हालिसकेका सिलवालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) नेपालमा सफल आयोजना गर्ने सदस्य सचिबको रुपमा पहिचान बनाएका छन । शिक्षा क्षेत्रमा लामो अनुभव बोकेका उनी हिसानका केन्द्रिय अध्यक्ष समेत हुन ।

यस अघि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको तिन सदस्यिय विज्ञ छनोट समितीले निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, भलिवलकी पूर्व कप्तान अन्जु श्रेष्ठ र भलिबलका पुर्व उपाध्यक्ष लिलबहादुर थापा मगरलाई सदस्य सचिवमा सिफारिस गरेको नामलाई अन्तिमरुप दिएको थियो ।

मन्त्रालयका सचिब राम प्रसाद थपलियाको संयोजकत्वमा गठित समितीमा इन्दिरा निरौला र रिम बहादुर रानाभाट सदस्य रहेको विज्ञ टोलीले तिनजनाको नामलाई अन्तिम रुप दिएको थियो । समितिले ७ दिने खुल्ला दर्खास्त आह्वान गर्दै ईच्छुक उम्मेदवारको निवेदन माग गरेको थियो । सोही अनुसार सदस्य सचिवमा निवेदन दिएका २७ जनाको कार्ययोजना समेत अध्ययन गर्दै समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

खेलकुद विधेयक २०७७ ले भने राखेप सदस्य सचिबको अधिकारलाई कटौती गर्दै सात सदस्यिय कार्यकारी समितीमा निहित गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button