‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’को पाठ्यक्रम कुलपतीलाई हस्तान्तरण

पोखरा । ‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ को पाठ्यक्रम गण्डकी विश्वविद्यालयका कुलपती प्रा.डा. गणेशमान गुरुङलाई हस्तान्तरण गरिएको छ ।

गण्डकी प्रदेशमा स्थापनाहुन लागेको गण्डकी विश्वविद्यालयमा नेपालमानै पहिलो पटक अध्यपन हुने भए पछि सो विषयको पाठ्यक्रम निर्माण गर्न बनेको समितीले कुलपती गुरुङलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा कुलपती गुरुङले छोटो समयमा निकै मेहनतका साथ पाठ्यक्रम तयार भएकोमा खुसी व्यक्त गरे । उनले भने–यो विषय नेपालको कुनै पनि विश्वविद्यालय मध्ये गण्डकी विश्वविद्यालयमा पहिलो पटक अध्यापन हुने भएकोले सवैमा उत्सुकता जागेको छ ।” उनले खेलकुदको सैद्धान्तिक ज्ञान नहुँदा नेपाली खेलकुद पछि परेको बताउँदै यसको अध्यापन सुरु भएपछि नेपाली खेलकुदले दक्ष जनशक्ती पाउनेमा कुनै शंका नरहने बताए ।

चार वर्षमा आठ सेमेष्टर सहित ५२ वटा कोर्ष रहेको स्नातकतहको खेलकुद व्यवस्थापनको अध्यापनमा कुल १६२ घन्टा क्रेडिट आवर रहेको छ, जसमा सैद्धान्तिक संगै प्रयोगात्मक विषयमा अध्यापन हुने गरि पाठ्यक्रम तयार गरिएको समितीका सदस्य तेज बहादुर गुरुङले जानकारी दिए । गण्डकी विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट यसको अध्यापन सुरु हुने भएको छ ।

पाठयक्रम तयारी समितीको संयोजकमा स्पोर्टस साइन्सका विज्ञ डा.प्रकाश प्रधान, अग्रज खेलाडी तथा राखेपका पुर्व सदस्य खडग बहादुर रानाभाट, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, क्षेत्रिय खेलकुदका प्रशिक्षण विभागका उप निर्देशक कृष्ण तिमिल्सिना, स्पोर्टसाइन्स पिएचडी स्कलर मधुसुदन सुवेदी र आमन्त्रित सदस्यमा प्रा.डा.धुर्व कार्की रहेका थिए । समितीले करिव ४२ दिन लगाएर पाठ्यक्रम तयार गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button