‘संसार फेर्ने’ गीतमा प्रियकंका कार्कीको अभिनय (भिडिओ)

पोखरा। गायिका रानी शाक्यको नयाँ गीत “संसार फेर्नेू” हालै सार्वजनिक भएको छ ।

यसअघिनै रोमाण्टिक , मेलोडियस थुप्रै गीत संगीत सार्वजनिक गरिसकेकी शाक्यले यस पटक फरक स्वादको सामाजिक सन्देश बोकेको गीत लिएर आएकी हुन्। पेशाले चिकिस्तक शाक्यले पेशा र प्यासनलाई एकसाथ अगाडि बढाउने कोसिस गर्दै निरन्तर अघि बढिरहेकी छिन्।

यो गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द अरुण तिवारीको रहेको छ। गीतमा संगीत दिपक शर्माको हो भने पुरुषोत्तम न्यौपानेले संगीत संयोजनको जिम्मेवारी पुरा गरेका छन् ।

जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको म्युजिक भिडियोमा मुख्य भूमिकामा चर्चित नायिका प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ । राजु गिरी, रश्मी श्रेष्ठ र इन्द्र दोङ्ग लामाको समेत अभिनय भिडियोमा रहेका छन् ।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन्। गायिका शाक्यको अफ़िसिएल च्यानल रानी शाक्य मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button